एमाले अध्यक्षमा राना निर्वाचित
भदौ २४ नेकपा एमाले मकवानपुरको नवौँ जिल्ला अधिवेशनले अध्यक्षमा रामेश्वर रानालाई पुनः निर्वाचित गरेको छ ।
गएराति भएको निर्वाचन घोषणाअनुसार रानाले ३१७ र उनका प्रतिद्वन्द्वी मुनु सिग्देलले १३४ मत ल्याएका थिए ।
यसैगरी जिल्ला कमिटीका उपाध्यक्ष, सचिव र उपसचिवमा क्रमशः सुभाष ठकुरी, गोपालबहादुर श्रेष्ठ र चन्द्रबहादुर लामा निर्वाचित भएका छन् ।
जिल्ला कमिटीमा ६३ जना सदस्यमा निर्वाचित भएको पनि एमाले मकवानपुरले जनाएको छ ।
प्रकाशित मिति:
September 09, 2012