युवराज्ञीको नाङ्गो फोटो फ्रान्समा छाप्न अदालतद्वारा प्रतिबन्ध
असोज ३ - नांगा तस्बीरहरु लिक भएर विश्वभर नै चर्चा पिटीरहेको बेलायती युवराज्ञीको नग्न फोटोलाई फ्रान्सको अन्दालतले भने त्यहाँ प्रकाशनमा प्रतिबन्ध लगाएको छ ।
अदालतले उनीहरुको निजी क्रियाकलापको तस्बिर भएको भन्दै छाप्न निषेध गरेको हो ।
उनीहरुको नाङ्गा सबै फोटो फिर्ता गर्न पनि अदालतले एक फ्रान्सेली म्यागेजिनलाई आदेश दिएको छ ।
क्लोजर म्यागेजिनले अर्धनग्न तस्विर छापेसँगै त्यसको विरोध गर्दै युवराज्ञी केट र राजकुमार विलियमले अदालतमा मुद्धा दायर गरेपछि फ्रान्सको अदालतले भविष्यमा ती तस्विर प्रकाशन नगर्न आदेश दिएको हो ।
अदालतले २४ घण्टा भित्र तस्विरका सक्कलीप्रति राजकुमार दम्पत्तीलाई फिर्ता गर्न समेत निर्देशन दिएको छ ।
अदालतको आदेशमा डिजिटल कपी पूरै हस्तान्तरण गर्न र पत्रिकामा नछाप्न भनिएको छ ।
प्रकाशित मिति:
September 19, 2012