सल्यक्रिया गराएकै कारण संक्रमित बिरामीको अस्पतालमै मृत्यु भएपछि...
असोज ३ – गत शुक्रवार थापाथलीस्थित प्रसुतिगृहमा शल्यक्रिया गराएकी एक एक बिरामीको संक्रमणपछि अस्पतालमै ज्यान गएको छ ।
प्रसुतिगृहमा शल्यक्रिया गराएपछि संक्रमित भएका बिरामीहरु मध्ये एक जनाको उपचारकै क्रममा कान्तिपुर अस्पतालमा ज्यान गएको हो ।
यसरी ज्यान गुमाउनेमा लता गुरुङ रहेको बताइएको छ । गुरुङको मृत्यु भएपछि आक्रोशित उनका आफन्तले प्रसुतिगृह अगाडी प्रदर्शन गरेका छन् । प्रदर्शनपछि त्यहाँको वातारण केही समय खल्लीबल्ली समेत भएको थियो ।
अहिले भने मृतक र अन्य संक्रमित बिरामीका आफन्तहरुसहितलाई बोलाएर अस्पताल प्रशासनले वार्ता गरिरहेको छ ।
उक्त प्रसुतिगृहमा शल्यक्रियापछि आधा दर्जन भन्दा बढी महिलाहरु संक्रमित बनेको बताइएको छ ।
उनीहरुको अहिले काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । सोही मध्ये लताको भने ज्यान गएको हो ।
प्रकाशित मिति:
September 19, 2012