असोज ४ – धार्मिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह आज सडकमार्गबाट नै पोखरा पुगेका छन् ।
माओवादी, कांग्रेस तथा एमाले लगायतका दलहरुले धार्मिकताको नाममा ज्ञानेन्द्रले राजनीति गरेको भन्दै कडा विरोध जनाईरहेकै बेला ज्ञानेन्द्र भने हवाई मार्गको बाटो नभएर सडकबाटै त्यहाँ पुगेका हुन् ।
सडकमार्गबाट पोखरा जाने क्रममा उनले धादिङको मलेखुस्थित भद्रकाली मन्दिरमा पूजाआजासमेत गरेका छन् ।
उनको स्वागतका लागि भद्रकालि मन्दिरमा भने बिहानै देखि सर्वसाधरण हातमा फूलमाला लिएर बसेका थिए । त्यहाँ ज्ञानेन्द्र पुग्दा उनीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छन्दै जयजयकार समेत गरेका थिए ।
पोखरामा भने ज्ञानेन्द्रको स्वागत र सुरक्षाकर्मीकै उत्तिकै भीड लागेको थियो । पोखरा र लेखनाथामा मोटरसाइकल र्यालीको आयोजना समेत गरिएको थियो ।
यसअघि धार्मिकताको नाममा सक्रिय हुन खोजेको भन्दै एकीकृत नेकपा माओवादीले प्रतिरोध गर्ने जनाए पनि त्यहाँ त्यस्तो कुनै कार्यक्रम गरेन । तर, हिजो भने पोखरा र लेखनाथामा कोणसभा गरेको थियो ।
भिडियो हेर्नुहोस