१६ लाख नेपाली फेसबुककर्ता सुस्ताउँदा लाखौँ लाख डलर फुत्किदैँ
विभिन्न देशका विभिन्न संघ संस्थाले सहभागिता जनाएको अनलाइन भोटिङ प्रतियोगितामा अब भोट गर्ने समय केही घण्टा मात्रै बाँकी रहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा अन्तर्गत नेपाली ३ वटा सामाजिक क्षेत्रमा काम गर्दै आएका संघ संस्थाले पनि भाग लिएका छन् । जुन प्रतिस्पर्धामा फेसबुकमार्फट सबैभन्दा बढी भोट पाउने संस्थाले २ लाख ५० हजार डलर पाउनेछ भने टपटेनमा रहने संस्थाले १/१ लाख अमेरिकी डलर प्राप्त गर्नेछन् ।
नेपालबाट सहभागिता जनाएको हेल्प नेपाल अहिले दोस्रो नम्बरमा रहेको छ भने अन्य दुई संस्था टपटेनमा रहेका छन् । उक्त रकम नेपालले पाएपछि स्वास्थ्य शिक्षामा खर्च गरिने भनेर हेल्प नेपालका रविन्द्र मिश्रलगायतले फेसबुकमा भोट गर्न बारम्बार आग्रह गरिरहेका छन् ।
करिब १६ लाख फेसबुक प्रयोगकर्ता भएपनि त्यहाँ अहिलेसम्म १ लाख भोट पुर्याउन हम्मे–हम्मे परेको छ ।
दोस्रो नम्बरमा रहेको नेपालले यो समाचार तयार पार्दासम्म करिब ६० हजार मात्रै भोट पाएका छन् । यहाँ नेपालीहरु धेरै निस्क्रिय भएको पाइएको छ । तर इजिष्टको एक संस्थाले भने २४ घण्टामा ५० हजार भन्दा बढी भोट पाएर अहिले शिर्ष स्थान ओगटेको छ ।
तर त्यो संस्थाले फर्जि भोट हालेको हो की भनेर आयोजकलाई निवेदन परेपछि छानबिन सुरु भईसकेको बताइएको छ । त्यसो भएमा नेपाल पहिलो स्थानमा रहने छ । तर भोटिङ अवधिभर तेस्रो स्थानमा रहेको भारतीय संस्थालाई तेस्रोमा पारीरहनु नेपाली फेसबुक प्रयोगकर्ताका लागि ठूलो चुनौती पनि छ ।
यस्तै, टप टेनमा रहेको नेपाली संस्थाहरुका लागि पनि आफ्नो स्थान कायम राखिरहन नेपाली फेसबुककर्ताले अति नै सक्रियता देखाउन उति नै आवश्यक रहेको छ ।
नेपालको हेल्प नेपालबाहेक जिमिन र न्यायाले भाग लिएका छन् । यी दुवै नेपाली संस्था अहिले १० औँमा रहेर १/१ अमेरिकी डलरको हकदार बनिरहेपनि उनीहरुलाई पनि १० औँ स्थानमा पारीरहनु नेपाली फेसबुककर्ताका चुनौती हो भने देशका लागि राम्रो काम हुनेछ ।
कसरी भोट गर्ने त
दोस्रो स्थानमा रहेको हेल्प नेपाललाई भोट गर्न
1. आफ्नो फेसबुक खोल्नुहोस्
2.https://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/51-0496452?ref=6a47449e94 मा जानोस्
3. Vote बटनमा क्लिक गर्नोस् । संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।
१० औँ स्थान भित्र टिकाएर १ लाखको दाबेदार बनाईरहन
GMIN लाई भोट गर्न
1. आफ्नो फेसबुक खोल्नुहोस्
2.https://fb.chasegiving.com/charity/view/ein/27-1487722/ref/index मा जानोस्
3. Vote बटनमा क्लिक गर्नोस् । संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।
Nyaya Health लाई भोट गर्न
1. आफ्नो फेसबुक खोल्नुहोस्
2.https://www.facebook.com/ChaseCommunityGiving/app_162065369655?cv=2&app_data=location%7C%2Fcharity%2Fview%2Fein%2F20-3055055%2Fref%2Findexमा जानोस्
3. Vote बटनमा क्लिक गर्नोस् । संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ ।
नोटः भोट गरिसकेपछि vote को ठाउँमा voted देखिनेछ । एक फेसबुकबाट दुई ठाउँमा मात्रै भोट गर्न मिल्नेछ।
प्रकाशित मिति:
September 19, 2012