हिन्दु नारीहरुले धुमधामका साथ ऋषिपञ्चमी मनाउँदै
असोज ४ – आज भाद्र शुक्ल पञ्चमी । हिन्दु नारीहरुले धुमधामका साथ मनाउँदै आज ऋषिपञ्चमी पर्व मनाइहेका छन् ।
आजको दिन हरितालिका तीजको व्रत लिएका महिलाले नदी, ताल, पोखरी लगायतका जलाशयमा ३ सय ६५ वटा दतिवनले दाँत माझेर चोखो माटो, तील र गोबर लगाई नुहाउने प्रचलन छ ।
अहिले काठमाडौ टेकुमा रहेको ऋषेश्वर मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुईंचो लागिरहेको छ ।
सप्तऋषिहरु कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौदम, जमदग्नि र अरुन्धतीको पूजा सहित नाचगान र भजनकीर्तन गरेमा तीजको व्रत पूर्ण हुने धार्मिक मान्यता अनुसार हिन्दु महिलाहरुले यो पर्व मनाउँदै आएका छन् ।
प्रकाशित मिति:
September 20, 2012