सेनामा भर्ती हुने परीक्षामा २ सय १५ जना पास, १ जना भने फेल
असोज ४ – नेपाली सेनामा भर्नाका लागि लिइएको माओवादी लडाकुहरुबीचको लिखित परीक्षामा १ हजार ४ सय ४५ लडाकू पास भएका छन् भने समायोजन रोजेर परीक्षामा सहभागी १५ जना भने फेल भएका छन् ।
यता, चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा लिइएको परीक्षामा सामेल भएका २१६ लडाकूमध्ये एक जना मात्र अनुत्तीर्ण भएका छन् ।
उनीहरूलाई कक्षा सातसम्मका विषयहरूमा आधारित बनाएर प्रश्नपत्र बनाई लिखित परीक्षा लिइएको थियो ।
असोज १ गते सातवटै मूख्य शिविरमा विषयगत परीक्षा सम्पन्न हुँदासम्म समयोजन रोजेर परीक्षामा सहभागी १ हजार ४ सय ४५ लडाकू पास भएका हुन् ।
नतिजा प्रकाशित भएपछि लडाकूहरूको मेडिकल परीक्षण सुरु भएको छ । छनोट चरण सकिएलगत्तै अन्तिम नतिजा असोज १३ गते प्रकाशित गरिने र उनीहरूलाई ४५ दिन बिदा दिइने जनाइएको छ ।
प्रकाशित मिति:
September 20, 2012