इरानमा आक्रमणले ‘तेस्रो विश्वयुद्ध’
इजरायलले इरानमाथि आक्रमण गर्न तयारी गरे इरानले इजरायलमाथि पहिले नै आक्रमण गर्नसक्ने भएको छ ।
यो कुरा इरानको क्रान्तिकारी सुरक्षा समूहका कमान्डर ब्रिगेडियर जनरल अमिर अली हाजिजादेहले अल–अलाम नामक प्रसारक संस्थालाई बताएका हुन् ।
ब्रिगेडियर जनरल हाजिजादेहले इरानको अरेबिक भाषाको टेलिभिजन सञ्जाललाई यस्ता कुराको पूर्वानुमान गर्न नसकिने र यो युद्ध तेस्रो विश्वयुद्धमा परिणत हुन समेत बताएका छन् ।
ब्रिगेडियर हाजिजादेह क्रान्तिकारी सुरक्षा समूहका क्षेप्यास्त्र प्रणालीका प्रमुख हुन् । उनले उनीहरूले आक्रमणका लागि सबै कुरा तयार गरिरहेको परिस्थितिमा, आफूहरुले नै पूर्व आक्रमण गर्नसक्ने सम्भावना रहेको समेत खुलाएका छन् ।
उनले इरानले इजरायलले गर्ने कुनै पनि आक्रमणलाई अमेरिकाले स्वीकृति दिएको ठान्ने र यसका कारण उसले निश्चय पनि बहराइन, कतार तथा अफगानिस्तानमा रहेका अमेरिकी केन्द्रमा आक्रमण गर्ने पनि बताए ।
इजरायलले इरानी प्रतिक्रियाको आँकलन गर्ननसक्ने र इरानको प्रतिक्रियाले इजरायललाई पूर्णरूपमा नष्ट गरिदिने दाबी उनको छ ।
प्रकाशित मिति:
September 23, 2012