केन्द्रीय रक्तसञ्चार केन्द्रको दान पेटिकाबाटै रकम चोरी
कात्तिक १ – केन्द्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक) परिसरभित्र रहेको दानपेटिकामा रहेको रकम चोरी भएको छ ।
सोमबार साँझसम्म दानपेटिकामा जम्मा भएको रकम मंगलबार बिहान चोरी भएको अवस्थामा फेला परेको हो ।
दानपेटिकाको रकमसहित केन्द्रको सुझाव पेटिकामा उपभोक्ताले दिएका सुझावसमेत भएको नेपाल स्वयंसेवी रक्तदाता समाजले जनाएको छ ।
दानपेटिकाको साँचो आफूसित रहेकाले पेटिकाको प्वालबाट केन्द्रकै कर्मचारीको मिलेमतोमा रकम झिकिएको समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यको भनाई छ ।
बिरामीलाई चाहिएको समयमा रगत उपलब्ध गराउने संस्था केन्द्रीय रक्तसञ्चार केन्द्र भित्रैबाट दशैंको अवसरमा उक्त दानपेटिकामा जम्मा भएको रकम चोरी भएको हो ।
दिनहुँ उक्त दानपेटिका रकम जम्मा हुने भएपनि त्यहाँ कति सो दिन कति जम्मा भएको थियो भन्ने भने पत्ता लाग्न सकेको छैन ।
प्रकाशित मिति:
October 17, 2012