पूर्वमा सञ्चार अबरुद्ध, लाखौँ पूर्वेली सँगै हजारौँ यात्रुलाई सास्ती
कात्तिक ३ - बिहिबारदेखि पूर्वमा सञ्चार सेवा अवरुद्ध भएको हुँदा इटहरी पूर्वका जिल्ला सञ्चार विहीन भएका छन् ।
सिराहाको लाहानमा रहेको अप्टीकल फाइभरको कार्डमा समस्या आएपछि पूर्वका सम्पूर्ण जिल्लामा टेलिफोन, इन्टरनेट लगायतका सेवा अवरुद्ध भएका छन् ।
हिन्दुहरुको महान् चार्ड बडा दसैको अवसरमा घर फर्कने यात्रुको चाप भइराखेका बेला यस्तो समस्या आइपरेपछि यात्रुले सास्ती पाएका छन् भने अतिआवश्यक सूचना समेत आदानप्रदान हुन् पाएको छैन । इटहरी पूर्वमा टेलिफोन, मोबाइल, इमेल इन्टरनेट लगायतका सबै सेवा अवरुद्ध भएको छ । इन्टरनेट नचल्दा सञ्चार संस्था र मनि ट्रान्सर्फमर सेवामा समेत प्रभावित बनेका छन् ।
दसैँको सयमा बैंक र मनि ट्रान्सफरमा लाइन लाग्ने गरेको भए पनि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध हुँदा समस्या आइपरेको छ । दसैँ रमाइलो मनाउँन गाउँबाट विभिन्न जिल्लाका सदरमुकामका बैंकमा पैसा लिन आएका सेवाग्राही समेत मर्कामा परेका छन् । बिग्रिएको कार्ड मगाइएकाले चाँडै पूर्वी क्षेत्रको सेवा सुरु हुने टेलिकमल इलामका प्रमुखले बताएका छन् ।
दसैँको मुखमा सञ्चार सेवा अवरुद्ध हुँदा यात्रुलाई दसैँ नै बन्दै छ दसा झैँ । बाटो हिडेका परिवारसँग घरमा रहेकाले सम्पर्क गर्न नपाउँदा सर्वसाधारण सास्ती त भोग्नु परेकै छ पूर्वका सञ्चार संस्थाका र पूर्वमा रहेका सञ्चारकर्मीले समेत समाचार सम्प्रेषण गर्न पाएका छैनन् ।
प्रकाशित मिति:
October 19, 2012