बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनु बाँदरलाई लिस्नु लगाएजस्तो भयो : गजुरेल
कात्तिक १४ - नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउँनु बाँदरलाई लिस्नु लगाएजस्तो भएको बताएका छन् ।
मंगलबार भक्तपुरको रफत सञ्चार क्लबमा बोल्दै गजुरेलले भने ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हिटलर हुनबाट जोगाउँन डा.बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउँनु पर्ने बाध्यता भएको हो ।’
गजुरेलले प्रचण्डलाई हिटलर हुनबाट जोगाउँन बाबुरामलाई प्रधानमन्त्री बनाउनु परेको भन्दै बाबुरामको चर्को आलोचनाका साथ भनेका छन् ‘बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउनु बाँदरलाई लिस्नु लगाएजस्तो भयो ।’
गजुरेलले वर्तमान समयमा विपक्षी दलहरुले बजेट पास गर्न खोजे सरकारको आयु लम्बिने भन्दै भनेका छन् ‘अहिले विपक्षीहरुले बजेट पास गर्नु भनेको असंवैधानिक सरकारको आयु लम्ब्याउनुमात्र हो ।’
गजुरेलले वर्तमान राजनीतिक संकटको एउटै मात्र कारण बाबुराम सरकार भएको भन्दै कात्तिक २५ गते मुलुकमा राजनीतिक परिवर्तन हुने ठोकुवा समेत गर्दै भनेका छन् ‘कात्तिक २५ गते राष्ट्रपति लगायत सबै राजनीतिक दलहरुको राजनीतिक परीक्षा हुन्छ ।
प्रकाशित मिति:
October 30, 2012