एयरपोर्टमा मुद्रा तस्करीमा मुछिएका एसएसपी निलम्बित
कात्तिक १५ – विदेशी मुद्रा तस्करीमा संलग्नको आरोपित नेपाल प्रहरीका एसएसपी रविराज श्रेष्ठ निलम्बित भएका छन् ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रा तस्करीको घटनामा मुछिएका थिए । उनलाई प्रहरी प्रधान कार्यालयले हिजो निलम्बनका लागि सिफारिस गर्दै एक पत्र मन्त्रालयमा पठाएपछि आज उनी निलम्बित भएका हुन् ।
एसएसपी श्रेष्ठलाई अहिले ३ महिनाका लागि निलम्बन गरिएको हो । उक्त समयमा श्रेष्ठले सफाई पाएको अवस्थामा भने पुन पदमा पुर्नवहाली हुनेछ । तर अभियोग प्रमाणित भएमा भने उनलाई थप कारबाही हुनेछ ।
विमास्थलमा विदेशी मुद्रा तस्करीमा श्रेष्ठको पनि संलग्नता रहेको आशंका गरिएपछि एआईजी भीष्म प्रसादको अध्यक्षतामा बनेको छानबिन समितिले श्रेष्ठको संलग्तना रहेको देखाएपछि उनी कारबाहीमा परेका हुन् ।
प्रकाशित मिति:
October 31, 2012