गाडीको छतमा यात्रु राख्न नपाइने
कात्तिक – स्थानीय प्रशासनले बसको छतमा यात्रु राख्न नदिने निर्णय गरेको छ ।
क्षमताभन्दा बढी यात्रु राखिने गरेको र छतमा यात्रु चढ्ने गर्दा जोखिम बढेको गुनासो बढेपछि स्थानीय प्रशासनको पहलमा बुधबार बसेको यातायात व्यवसायीसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रशासनले छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत राकम–खलङ्गा सडकमा सञ्चालित बसका छतमा यात्रु राख्न प्रतिबन्ध लगाएको हो ।
बैठकले बसको छतमा यात्रु नराख्ने, आवश्यकतानुसार बसको सङ्ख्या थप गर्ने, भाडा निर्धारण गरी एकरुपता कायम गर्ने, निर्धारित समयमा बस छुटाउनु पर्नेलगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णश्याम बुढाथोकीले बताए ।
प्रकाशित मिति:
October 18, 2012