भारतमा हेलिकप्टर दुर्घटना, तीन जलसेनाको मृत्यु
असोज २९ – भारतमा आज भएको हेलिकप्टर दुर्घटनामा परी त्यहाँ रहेका तीन जनाको मृत्यु भएको छ ।
मुम्बईबाट उडेको सो हेलिकोप्टर गोवाको डबोलिनमा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको बताइएको छ ।
चार जनामात्र यात्रु बस्न मिल्ने सो हेलिकोप्टरमा चालक दलका तीनजना सदस्य मात्र रहेका थिए । विमानस्थलमा अवतरण गर्ने क्रममा हेलिकोप्टरमा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
आगोलागेको सो हेलिकोप्टर लगत्तै विस्फोट भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार आगोको ज्वालासहित सो हेलिकोप्टर विस्फोट भएर निकै टाढासम्म पुगेको थियो ।
प्रकाशित मिति:
October 15, 2012