सतुङ्गलस्थित सिजी कम्पनीमा आगलागी, नियन्त्रणका लागि ४ दमकल सशस्त्र र नेपाल प्रहरी परिचालन
असोज २८ – राजधानीको सतुङ्गलस्थित चौधरी समूहको सिजी कम्पनीमा आज साँझ भीषण आगलागी भएको छ ।
आगलागी नियन्त्रणका लागि दमकलका साथै सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिए पनि दुई घण्टा भन्दा बढी समयमसम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।
साँझ ५ः३० बजे सल्किएको सो आगो नियन्त्रणमा ल्याउन उपत्यकामा रहेका चारवटा दमकल र स्थानीय खानेपानी ढुवानीका टयाङ्कर प्रयोग गरिएका छन् ।
सिजी कम्पनी त्यहाँ भने विभिन्न कम्पनीका रफ्रिजेनेरेटर, टिभी, मोबाइल सेटहरुको जडान हुँदै आएका थिए ।
आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन भने क्षतिका विवरण पनि आएको छैन ।
प्रकाशित मिति:
October 14, 2012