• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » यसरी छाडे एमाले भित्रका जनजाति नेता तथा कार्यकर्ताले एमालेलाई
यसरी छाडे एमाले भित्रका जनजाति नेता तथा कार्यकर्ताले एमालेलाई

असोज १८ – निक्कै लामो समयदेखि पार्टी छाड्ने भन्दै सार्वजनिक रुपमा वाकपोत गर्दै आएका नेकपा एमालेभित्रका लगभग ५ सय नेता तथा कार्यकर्ताले आज एमाले पार्टी त्याग गरेका छन् ।

नेकपा एमाले उपाध्यक्ष अशोक राईसहित विभिन्न नेता तथा कार्यकर्ताले आज वैकल्पिक शक्ति निर्माणको लागि भन्दै राजधानीको राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

यसरी पार्टी परित्याग गर्नेहरुमा पाध्यक्ष राईसँगै पोलिटव्युरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्यहरु राजेन्द्र श्रेष्ठ, वीरबहादुर लामा, रकम चेम्जोङ, अजम्बर राई काङमाङ, रिजबान अन्सारी, गोपाल ठाकुर लगायतका ४७ केन्द्रीय नेतासहित झण्डै साढे ५ सय नेता कार्यकर्ता रहेका छन् ।

एमालेभित्रका जनजाति नेताहरु रामचन्द्र झा, पृथ्वी गुरुङ, किरण गुरुङ र दानबहादुर राना भने एमालेमै फर्किएका छन् । एमालेसँगको ५ बुँदे सहमतिपछि उनीहरु भने एमालेमै फर्किएका छन् ।

उक्त कार्यक्रममा उपाध्यक्ष राईले केन्द्रीय कमिटी र केन्द्रीय समन्वय समितिका गरी ६२ जनाको नाम पढेर सुनाएका थिए ।
उक्त पार्टी परित्याग घोषणा भेलामा बोल्दै राईले आफूहरु नयाँ शक्ति निर्माणको अभियानमा लागेको उल्लेख गरे ।

दलहरुमा रहेको संकिर्णता यथास्थितिमावादको विरुद्धमा विद्रोह गरेको उनको भनाई थियो । उनले सो अवसरमा जनताको अग्रगामी आकांक्ष संयुक्त जनआन्दोलनमै माध्यमबाट भए पनि पुरा गरेरै छाड्ने उदघोष समेत गरेका छन् ।

समानता, न्याय र प्रतिनिधित्वको कुरा गर्दा आफूहरुलाई जातिवादीको विल्ला भिराएको भन्दै उनले महिलाले अंशको कुरा गर्दा घर कलह हुन्छ भरुन्ने मुलुकलाई एउटै जाति, भाषा र संस्कृतिमा आधारित हुनुपर्छ भन्नेहरु आदिवासी भएको समेत उल्लेख गरे ।

प्रकाशित मिति: October 04, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |