• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » त्रासित-त्रासित हवाई यात्रा, धन्न जोगियो फेरि दुर्घटनाबाट विमान
त्रासित-त्रासित हवाई यात्रा, धन्न जोगियो फेरि दुर्घटनाबाट विमान


असोज १९ – पछिल्लो समय नेपाली आकाशमा विमान खतरापूर्ण समाचारले हवाई यात्रा गर्न नै त्रासित बनाउन थालेको छ ।

महंगो यात्रा, अनि यात्राका लागि सबैभन्दा सुरक्षित मानिएको हवाई यात्रामा केही दुर्घटनाहरुले गर्दा यात्रा गर्न त्रासित बनाएको हो ।

केही समय अगाडी मात्रै काठमाडौँबाट लुक्लाका लागि उडेको सीता एयरको जहाज दुर्घटना हुँदा १९ जना स्वेदशी तथा विदेशीले ज्यान गुमाए भने पोखरामा यति एयरको जहाज चरासँग ठोकिएर आकस्मिक अवतरण गरेको घटना पनि मिडियामा राम्रैसँग छायो ।

त्यसो त आजै मात्रै नेपाल एयरलाईन्सको ट्विनअटर जहाज दुर्घटनाबाट बचेको समाचार सञ्चारमाध्यमहरुमा राम्ररी छाएका छन् ।

हिमालपारीको मुस्ताङस्थित जोमसोम बिमानस्थलबाट पोखराकालागि उड्न लागेको नेपाल एयरलाईन्सको विमान धावनमार्गतर्फ जाने क्रममा टर्न लिदा बिमानस्थलमै रहेको नाला भासिएर पछाडिको दायाँ चक्का फँसेको थियो ।

तर त्यहाँ त्यस्तो कुनै पनि क्षति भने भएको छैन । तर विमान दौडिनबाट रोकिदा ढल्किन भने पुगेको छ ।

९ एन एबिटी जहाज क्याप्टेन वाई हिराचनले चलाएको उक्त विमानमा ३ चालकदलसहित १८ यात्रु सवार थिए । उनीहरु कसैलाई केही पनि भएको छैन ।

प्रकाशित मिति: October 05, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |