बेलायती नेताको बाल शोषण सम्बन्धि सामग्रीले बिबिसीका महानिर्देशकको जागिर चट
एक बेलायती नेताको बाल यौन शोषणबारे समाचारीय सामग्रीका कारण बिबिसीका महानिर्देशक जर्ज एन्टसिललले जागिरबाट हात धुनु परेको छ ।
उक्त सामग्री गलत तरिकाले प्रस्तुत गरिएको भनेर विवाद उत्पन्न भएपछि महानिर्देशक जर्जले पदबाट राजीनामा दिएका हुन् ।
शनिबार राति एन्टविसले प्रसारण गरेको सामग्री गलत तरिकाले प्रस्तुत गरेको भन्ने आलोचना बढ्न थालेपछि उनले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन पुगेका हुन् ।
सोही विषयलाई लिएर यसअघि बेलायती संसदको मिडिया हेर्ने संसदीय समितिका अध्यक्ष जोन ह्वाइटिङ्डेलले समेत जनताको पैसाले चलेको मिडियामा यस्तो गैरजिम्मेबार कुरा आउनुलाई भएको भन्दै यस्तो अवस्थमा उनले राजीनामा दिनुको विकल्प नरहेको बताएका थिए ।
प्रकाशित मिति:
November 11, 2012