किन पाएनन् प्रचण्डले डेरा !
कात्तिक २६ – एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड भनिने पुष्पकमल दाहाल उर्फ छबिलालले बस्नका लागि डेरा पाएनन् भनेर आजका केही दैनिकले खबर छापेका छन् ।
अहिले त प्रचण्डले राजधानीमा भने जस्तो डेरा मात्रै नपाएका हुन् यसअघि अर्को एक दैनिकले त प्रचण्डलाई माओवादीको उद्गमस्थल थवाङमा बास छैन भनेर पनि समाचार लेखेको छ ।
जे होस प्रचण्डको सचिवालयले विगत चार महिनादेखि डेरा खोज्दै आएको भएपनि डेरा नपाएको बताउँदै आएको आजको खबरमा उल्लेख गरिएको छ ।
नेताहरु उदासिन र विलासी जिवन बिताउन थालेको भन्दै कार्यकर्ताद्वारा चर्को विरोध भएपछि प्रचण्डले गत साउनको पहिलो साता राजधानीमा सम्पन्न एमाओवादीको विस्तारित बैठकमा उनले आफू बस्दै आएको लाजिम्पाटको सुविधा सम्पन्न घर छाडेर सामान्य घर लिने र सरकरी महँगो गाडी फिर्ता गर्ने सार्वजनिक रुपमा घोषणा गरेका थिए ।
जे होस प्रचण्डको सचिवालयले विगत चार महिनादेखि डेरा खोज्दै आएको भएपनि डेरा नपाएको बताउँदै आएको आजको खबरमा उल्लेख गरिएको छ ।
नेताहरु उदासिन र विलासी जिवन बिताउन थालेको भन्दै कार्यकर्ताद्वारा चर्को विरोध भएपछि प्रचण्डले गत साउनको पहिलो साता राजधानीमा सम्पन्न एमाओवादीको विस्तारित बैठकमा उनले आफू बस्दै आएको लाजिम्पाटको सुविधा सम्पन्न घर छाडेर सामान्य घर लिने र सरकरी महँगो गाडी फिर्ता गर्ने सार्वजनिक रुपमा घोषणा गरेका थिए ।
मासिक १ लाख ३० हजार भाडा तिरेर बस्दै आएको प्रचण्डको लाजिम्पाटमा रहेको घर । |
तर उनले त्यससमयदेखि अहिलेसम्म सोही विशाल महल भने छाडेका छैनन् । देशैभरका अगुवा कार्यकर्ताबीच उनले तत्काल उक्त घर छाड्ने घोषणा गरेपनि अहिलेसम्म किन नछाडेको भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उनको सचिवालयले भने जस्तो घर नभेटेको प्रतिक्रिया दिने गरेको छ ।
पत्रकारहरुसँग सचिवालयले निक्कै घरहरू हेरे पनि सुरक्षा अवस्था, पार्किङ एरिया, निजी सचिवालय र सुरक्षाकर्मीको बसाइलगायत सबै कुरा मिलेको घर अहिलेसम्म फेला नपरेको प्रतिक्रिया दिँदै आएको छ ।
अहिले प्रचण्ड बस्दै आएको घरमा उनले मासिक एक लाख तीन हजार तिर्दै आएका छन् । एमाओवादी शान्तिप्रक्रियामा आएपछि अध्यक्ष प्रचण्ड नयाँबजारमा एक घर भाडामा लिएर बसेका थिए । तर, सुरक्षाको दृष्टिकोण र पार्किङ एरियालगायत असुविधा भएको भन्दै गत वर्षको माघ पहिलो साता लाजिम्पाटमा अवस्थित घर भाडामा लिएपछि उनी नयाँबजारबाट सरेका थिए । सोही ठाउँको एउटै कम्पाउन्डमा रहेका अढाई तले दुईवटा घरलाई उनले मासिक एक लाख तीन हजार भाडा तिर्दै आएका हुन् ।
'अध्यक्ष दाहाल नयाँ बजारबाट सर्नुअघि झन्डै दुई महिना लगाएर मर्मतसम्भार र रंगरोगन गरेर घर सिँगारिएको थियो । लाजिम्पाटको सांग्रिला होटल नपुग्दै दायाँपट्टि छिरेर करिब डेढ सय मिटर अगाडि गएपछि दाहाल निवास पुगिन्छ । कम्पाउन्डभित्र साढे दुई तले दुईवटा घर छन् । आँगनमा सिलेटरढुंगा ओछ्याइएका छन् भने परिसरमा बगैँचा पनि छ । फराकिलो कम्पाउन्डमा आठदेखि १० वटासम्म गाडी पार्क गर्न सकिने ठाउँ पनि छ ।
विस्तारित बैठक सकिएको २र३ दिनमै दाहालले पूर्वप्रधानमन्त्रीका हैसियतमा चढ्दै आएको सरकारी गाडी भने फिर्ता गरेका थिए । त्यसपछि पनि उनी पार्टी स्वामित्वको सुविधासम्पन्न मित्सुबिसी गाडी चढ्छन्' आजको सौर्य देीनकका छापिएको छ ।
किन पाएनन् त उनले डेरा
प्रचण्डको सचिवालयले चार महिनादेखि डेराको खोजि कार्य भईरहेको बताएको छ । सचिवालयकै अनुसार रिङरोडभित्र वा बाहिर नजिकै डेरा खोज्ने काम भइरहेको छ । डेरा भने प्रचण्ड बस्ने तथा भेटघाट गर्न मिल्ने, ८/१० वटा गाडी पार्किङ गर्ने एरिया भएको तथा सचिवालय र सुरक्षाकर्मीका लागि नजिकै छुट्टै घर भएको हुनुपर्ने छ । ‘कतै घर ठूलो हुन्छ तर पार्किङको ठाउँ हुँदैन, कतै अरू कुरा ठीक हुन्छ तर सचिवालय र सुरक्षाकर्मी बस्ने उपयुक्त स्थान हुँदैन,’ फेरि रिङरोड बाहिर गएर भएन भित्रै चाहियो सचिवालयले भन्ने गरेको छ ।
यसर्थ, एक त सचिवालयले त्यसरी डेरा खोज्न हतार गर्नुपर्ने कुनै कारण पनि छैन । यदी पत्रकारहरुले उनीहरुलाई नसोधी रहने हो भने । किन की, सानदार र सुविधायुक्त लाजिम्पाटको घर उनलाई छँदैछ ।
दोस्रो कुरा सचिवालयले कहीँ ठूलो घर हुन्छ त कहीँ सानो भएर नमिलेको बताएको छ । कहाँ मिल्ला र ठ्याक्कै उनीहरुले भने नै जस्तो घर त । त्यसो हुँदा प्रचण्डहरुलाई घर सर्न हतारो पनि छैन भने अर्कोतर्फ ठ्याक्कै भने जस्तो घर पनि कसले पो बनाईदिएको होला र त्यो पनि उनीहरुले भने जस्तै ! त्यही भएर घर नमिलेको हो धेरैको यही भनाई छ ।
प्रकाशित मिति:
November 11, 2012