जाँड खाने विषयमा विवाद हुँदा गोली चल्यो, एक जना घाइते
मंसिर १२ – सिरहाको मिर्चौयामा आज साँझ मादक पदार्थ सेवनका विषयलाई लिएर गोली चलेको छ । त्यहाँ गोली प्रहारबाट एक जना घाइते भएका छन् ।
पदार्थ सेवनका विषयलाई लिएर बद्री यादवले गोली चलाएका हुन् ।
उनले चलाएको गोली लागि रामपुर विर्ता ३ का आमोद यादव घाइते हुन पुगेका हुन् । घाइते यादवको उपचारका लागि धरानतर्फ लगिर्दै गरेको बताइएको छ ।
प्रकाशित मिति:
November 27, 2012