श्रीमतीको हत्या गरी श्रीमान फरार
मङ्सिर १२ – बाराको बसतपुर गाविस–८ को महमद मियाँको घरमा बस्दै आएका भारत विहारका सराजुल मेसुरी गएराति आफ्नै श्रीमती सुमुनेसा मेसुरीको हत्या गरी फरार भएका छन् ।
उनीहरू दुवैजना केही दिनदेखि काका नाता पर्ने महमद मियाँको घरमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । रासस
प्रकाशित मिति:
November 27, 2012