विद्युत् चोरीमा संलग्न ११२ जनामाथि कारबाही
मङ्सिर ९ – विद्युत् चोरीमा संलग्न रहेको आरोपमा ११२ जना उपभोक्ता कारबाहीमा परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रले उनीहरुलाई कारबाही गर्दै रु ३ लाख ९१ हजार राजस्व सङ्कलन गरेको हो ।
हुकिङ नियन्त्रण कार्यक्रमअन्तर्गत प्राधिकरणले सञ्चालन गरेको विद्युत् चुहावट नियन्त्रण हाल ४७ प्रतिशत नियन्त्रणमा आएको वितरण शाखामा प्रमुख राजीवकुमार सिंहले बताए ।
यद्यपि हुकिङ नियन्त्रण गर्ने कार्यक्रमअन्तर्गत बरामद भएका विद्युतीय उपकरण र ती उपकरणका धनीमाथि आवश्यक कानुनी कारवाही हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
अघि जनकपुर क्षेत्रमा वितरित विद्युत्मध्ये ५० प्रतिशत चुहावट भइरहेको थियो ।
प्रकाशित मिति:
November 24, 2012