हात्तीले लियो दुई महिलाको ज्यान
मंसिर १२ – बारा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको रुपही गाउँ विकास समितिमा गएराति जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।
रुपही गाविस–१ बस्ने मेथुन शर्माकी श्रीमती करिब ४५ वर्षीया शारदा शर्मालाई गएराति घरनजिक जङ्गली हात्तीले कुल्चेको थियो भने त्यस्तै रुपही गाविस–४ बस्ने करिब ४० वर्षीया देवीका आचार्यको पनि जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।
घरमा सुतिरहेको अवस्थामा जङ्गली हात्तीको समूहले घर भत्काउन थालेपछि भाग्न लाग्दा हात्तीको आक्रमणबाट आचार्यको मृत्यु भएको जनाइएको छ ।
प्रकाशित मिति:
November 27, 2012