अशोक मैनाली, आन्सान कोरिया – इपिएस मार्फत २१ महिना अघि दक्षिण कोरिया आएका कास्कीका ईन्द्र बहादूर शेरचन मृत अवस्थामा फेला परेका छन् ।
<--more-->
दक्षिण कोरियाको आन्सान शहर स्थित सिह्वा औद्योगिक क्षेत्रमा रहेको इरे जङ्मिल नामक कम्पनीमा कार्यरत कास्की हाडे बजारका ३४ वर्षिया शेरचन आफू सुतैकै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
उनी संगै काम गर्दै आएका तारा बहादूर क्षेत्रीका अनुसार उनी मध्यान्ह १२ बजे कोठामा जांदा सकुशल रहेको तर बेलुका ६ बजे नजिकैको कोठामा बस्ने एक भियतनामी नागरिकले मृत अवस्थामा देखे पछी अन्य साथीहरूलाई खवर गरेको कम्पनी मालिकको सहयोगमा प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरी रिपोर्ट अनुसार उनको मृत्युको कारण हृदय घात भएको बुझिएको छ । अहिले उनको सव सिह्वा स्थित सेन्टर हस्पितलमा रहेको छ । उनका १० बर्षे र ५ बर्षे छोरा रहेको पनी क्षेत्रीले बतएका छन् ।