आगलागीबाट चितवनमा ३ लाख बराबरको क्षति
मंसिर २ – चितवनमा आज आगलागी हुँदा करिब रु ३ लाख बराबरको क्षति भएको छ ।
पश्चिम चितवनको शिवनगरमा आज बिहान भएको आगलागीमा रु ३ लाख बराबरको क्षति भएको हो ।
आगलागीबाट एउटा गोठ जेलर नष्ट भएको र गोठमा रहेका एउटा गाई र भैँसीको पाडोसमेत मरेको छ ।
शिवनगर गाविसको वडा नं ३ स्थित सानो गणेशगञ्जका तुलसीराम कँडेलको घरमा आज आगलागी भएको हो ।
दमकलको सहायताले प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीको कारण भने खुलेको छैन ।
प्रकाशित मिति:
November 17, 2012