सेन्ट्रल अफ्रीकन रिपब्लिकका राष्ट्रपति फ्रान्कोइस बोजीन्जीले होटेलको बिल नतिर्ने आफ्नै छोरालाई पक्राउ गर्ने आदेश दिएका छन् ।
नेपालको सन्दर्भमा नेता तथा ठूला बडाका छोराछोरीलाई भने सोर्सफोर्सका कारण ठूलै गल्ति गर्दासमेत कानुनी कारबाही नभईरहेको अवस्थामा यो घटना एउटा उदाहरण सावित बन्न पुगेको छ ।
राष्ट्रपतिका छोरा केविन बोजीजीले राजधानी बेंगुईस्थित एक पाँचतारे होटलमा खाना खाएर बिल नतिरेपछि यो घटना सार्वजनिक भएको हो ।
उनले सो होटलमा खाना र अन्य सेवाको बिल गरेर १२ हजार युरो अर्थात १५ हजार डलर तिर्नुपर्ने थियो तर उनले त्यहाँ बिल नतिरी हिडेपछि होटलवालाले प्रहरी समक्ष खबर गरेका थिए ।
त्यसपछि प्रहरीले होटल म्यानेजर र राष्ट्रपतिका छोरा दुवै जनालाई पक्राउ गरे पनि होटल म्यानेजरको गल्ति नभएपछि तत्कालै छुटेका थिए ।
तर राष्ट्रपतिका छोरा भने एक हप्तादेखि प्रहरी हिरासतमै रहेको बिबिसी अनलाइनले लेखेको छ ।
राष्ट्रपति फ्रैंकोइसले कुनै पनि स्तरका व्यक्तिले गरेको गल्ती माफी नहुने सन्देश दिन छोरालाई हिरासतबाट ननिकाले अनुमान गरिएको छ ।