बसको ठक्करले मोटरसाइकल चालक ठहरै
मङ्सिर ९ – यात्रु बाहक बसको ठक्करबाट आज एक जना मोटरसाइकल चालकको ज्यान गएको छ ।
काठमाडौँबाट सदरमुकाम गौर आइरहेको ना २ ख ७७३३ नम्बरको यात्रुबाहक बसले आज गौरबाट चन्द्रनिगाहपुर आउँदै गरेको एक मोटरसाइकललाई प्रिपा भगवानपुर–७ बहुअर्वा टोल नजिक ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका राजपुर तलसी गाविस–९ का ३५ वर्षीय महबुब आलम मियाँलाई उपचारका लागि गौर अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालक शेष सहाबुद्दिन आलम र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय रौतहटको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । सोही दिशाबाट गइरहेको अर्काे बसलाई मोटरसाइकलले उछिन्न खोज्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।
प्रकाशित मिति:
November 24, 2012