अरिङ्गालको गोलो पोल्न जाँदा रुखबाट लडेर युवको मृत्यु
मङ्सिर १६ – व्यास नगरपालिका– १ मुसेखोलामा अरिङ्गालको गोलो पोल्न जाँदा शुक्रबार राति एक युवकको रुखबाट लडेर मृत्यु भएको छ ।
राति ९:१५ बजे अरिङ्गाल पोल्न गएका सोही ठाउँका २० वर्षीय दीपक मगर रुखबाट लडेर गम्भीर घाइते भएपछि दमौली अस्पतालमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत वर्ष पनि तनहुँको घाँसीकुवा गाविसमा कालो अरिङ्गाल पोल्न जाँदा रुखबाट लडेर दुई जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति:
December 01, 2012