रहेनन् भारतीय पूर्वप्रधानमन्त्री गुजराल
मंसिर १५ – भारतीय पूर्व प्रधानमन्त्री इन्द्रकुमार गुजरालको आज ९२ वर्षको उमेरमा निधन भएको छ ।
छातीमा संक्रमण भएपछि गुडगाँवस्थित मेदान्ता मेडिसिटी अस्पतालमा उपचारार्थ उनको आज दिउँसो ३ बजे निधन भएको हो ।
उनीले सन् १९९७ को अप्रिलदेखि १९९८ मार्चसम्म प्रधानमन्त्रीमा रहेर काम गरेका थिए । गुजरालले २०५४ सालमा नेपालको भ्रमण समेत गरेका थिए ।
पूर्व प्रधानमन्त्री गुजरालले भारतको स्वतन्त्रता संग्राममा भाग समेत लिएका थिए । त्यसो त उनी १९४२ मा भारत छोडो आन्दोलनका क्रममा जेल जिवत समेत बसेका थिए ।
प्रकाशित मिति:
November 30, 2012