• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » सोलुखुम्बुबाट एकै पटक नौ किशोर किशोरी हराए
सोलुखुम्बुबाट एकै पटक नौ किशोर किशोरी हराए

पुस ८ – नेचाका नौ किशोर किशोरी शनिबारदेखि हराइरहेका छन् ।हराउनेमा नेचाबतासे–३ निवासी रुद्रबहादुर राईकी छोरी १५ वर्षीया सिर्जना राई, गालिमान विककी छोरी १५ वर्षीया रञ्जिता विक, जनार्दन राईकी छोरी १६ वर्षीया सुनिता राई र घनश्याम बास्तोलाकी छोरी १७ वर्षीया यसमकला बास्तोला छन् ।


त्यस्तै कुलबहादुर राईका छोराहरु ११ वर्षीय पुष्पकमल राई र नौ वर्षीय कुशल राई, सुबजङ राईका छोराहरु१ ४ वर्षीय प्रवीण राई र १३ वर्षीय मिलन राई तथा ओखलढुङ्गा रातमाटा घर भई हाल नेचाबतासेस्थित मामाघर बस्ने १७ वर्षीय सर्जना विक छन् ।

उनीहरु ओखलढुङ्गातर्फ गएको सूचना प्राप्त भएको प्रहरी नायब उपरीक्षक सुदनसिंह बस्नेतले जानकारी दिएको राससमा उल्लेख छ ।

कसैले उनीहरुलाई देखेमा नजिकको प्रहरी, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु वा ओखलढुङ्गामा जानकारी गराइदिन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गरेको छ ।

प्रकाशित मिति: December 23, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |