• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment, photo Gallary » बलात्कारको विरोधमा क्वीन टोलीले लगायो कालो पोसाक
बलात्कारको विरोधमा क्वीन टोलीले लगायो कालो पोसाक

भारतको राजधानी नयाँदिल्लीमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको विरोधमा निर्माणाधिन बलिउड चलचित्र क्विनको निर्माण टोलीले कालो पोसाक लगाएर काम गरेका छन् ।


क्विनकी नायिका कंगना रणावतले सामूहिक बलात्कारको विरोधमा आफूहरुले कालो पोसाक लगाएर काम गरेको बताइन् । उनले आफूहरु पीडित पक्षलाई हरसम्भव सहयोग गर्न तयार रहेको समेत बताइन् ।

क्विनका निर्देशक विकास बहलले महिलाले जुनसुकै बेला सडकमा एक्लै हिँड्न सक्ने स्वतन्त्रता पाउनुपर्ने माग गरेका छन् । कंगनाले अस्पतालमा पीडित युवतीको सुस्वास्थ्यका लागि प्राथना समेत गरेकी छिन् ।

२३ वर्षीया ती युवतीलाई गुडिरहेको बसमा केही युवाहरुको समूहले कुटपिट गर्दै बलात्कार गरेको थियो । बलात्कार पछि ती युवतीलाई गुडिरहेकै बसबाट बाहिर फ्याँकिएको थियो । उनको हाल चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ ।

प्रकाशित मिति: December 25, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |