• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Feature, photo Gallary » केटीले मिनी स्कर्ट लगाएमा ६ महिना जेल
केटीले मिनी स्कर्ट लगाएमा ६ महिना जेल

स्वाजिल्यान्ड – अफ्रिकन मुलुक स्वाजिल्यान्डमा मिनी स्कर्टले बलात्कार गर्न उक्साउने भन्दै महिलाहरुलाई मिनी स्कर्ट लगाउन प्रतिबन्ध लगाइएको छ ।

त्यहाँका महिलाहरुले अटेर गरेर मिनी स्कर्ट लगाएमा ६ महिना जेल सजाय समेत भोग्नु पर्ने छ । अफ्रिकाको एक मात्र राजाको प्रत्यक्ष शासन रहेको मुलुक स्वाजिल्यान्डमा यस्तो व्यवस्था रहेको हो ।

समान अधिकार र सुरक्षाको माग गर्दै गत महिना मान्जिनीमा शहरका महिलाहरुले मिनी स्कर्ट लगाएर प्रदर्शन गरेपछि प्रहरीले मिनी स्कर्ट लगाउननै प्रतिबन्ध गरेको हो । यस्तो लुगाले बलात्कारीको काम सजिलो हुने भएकोले लगाउनै प्रतिबन्ध गरेको प्रहरी अधिकारीको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मिनी स्कर्ट मात्रै नभएर नितम्ब देखिने जिन्स र ट्याङ्क टपहरुमा समेत प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि सोही स्वाजिल्यान्डमा नै त्यहाँका राजाले भने युवती वस्त्रहीन भई नाचेको हेर्ने परम्परा भने चलि आएको छ ।

प्रकाशित मिति: December 25, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |