• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » खुशी हर्ष बाड्दै आज आज क्रिसमस मनाइँदै
खुशी हर्ष बाड्दै आज आज क्रिसमस मनाइँदै

पुस १० – एक आपसमा खुशी हर्ष तथा शुभकामना आदानप्रदान गरेर आज क्रिसमस मनाइँदै छ ।


आज डिसेम्बर २५ अर्थात क्रिमसममा एक आपसमा शुभकामना साटासाट गरेर नेपालसहित विश्वभरका इसाइ धर्मावलम्वीहरुले यो पर्व मनाइरहेका हुन् ।

आज देशैभरिका ८ हजारभन्दा बढी चर्चमा यशुको भजन तथा गीत गाएर रमाइलो गर्ने, प्रार्थना गर्ने तथा भोज कार्यक्रमको पनि आयोजना गरिएको छ । क्रिसमसको अवसरमा शुभकामना कार्डहरु आदानप्रदान गर्नुका साथै क्रिसमस ट्रिलाई रङ्गीचङ्गी बत्ती तथा खेलौनाले झकिझकाउ पनि पार्ने गरिन्छ । नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएसँगै यो पर्वलाई राष्ट्रिय पर्वको रुपमा मनाउन थालिएको छ ।

यसै अवसरमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्त झा, प्रधानमन्त्री डा बाबुराम भट्टराईसहित प्रमुख तीन दलका प्रमुखहरुले पनि क्रिसमसका अवसरमा शुभकामना दिनुभएको छ । सरकारले आज सार्वजनिक विवाद पनि दिएको छ ।

यसैबीच दिवसको अवसर पारेर आज काठमाण्डूको नेपाल प्रज्ञा प्रतिष्ठानमा शुभकामना आदानप्रदान कार्यक्रम गरिने भएको छ । दिउँसो ३ बजेका लागि तय भएको कार्यक्रममा प्रधानमन्त्री डा बाबुरामा भट्टराई, प्रमुख दलका शीर्ष नेताहरु संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्रसहितका अन्य विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: December 25, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |