पुस १० – देश राजनीतिक संंक्रमणमा गुज्रिरहेको बेला पाँच दिने भारत भ्रमणमा निस्किएका राष्ट्रपति डाक्टर रामवरण यादव आज बनारस वनारस हिन्दू विश्वविद्यालयको कार्यक्रममा सहभागी हुनेछन् ।
वनारस हिन्दू विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीयको १५० औँ जन्मजयन्तीको अवसरमा राष्ट्रपति यादवलाई “डाक्टर अफ ल” को उपाधी प्रदान गर्नेछ ।
यसअघि “डाक्टर अफ लेटर्स” उपाधि दिइने भने पनि त्यो नभएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका कूलपति करण सिंहले उपाधि प्रदान गर्ने कार्यक्रम रहेको छ । वनारस विश्वविद्यालयको कार्यक्रम सकेर राष्ट्रपति यादव आज नयाँ दिल्ली जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
दिल्ली रहँदा राष्ट्रपतिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री डाक्टर मनमोहन सिंह र काङ्ग्रेस आईका अध्यक्ष सोनिया गान्धीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
तर, देशमा भने एकातिर सहमतिको लागि भन्दै आफूले थालेको प्रक्रिया नसकिएको र अर्को तर्फ उनको भूमिका नै विवादित बन्दै गएको बेला उनी भारत भ्रमण निस्किएको भन्दै उनको विरोध पनि भईरहेको छ ।
