• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

पुस १० – तनहुँमा बस र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको ज्यान गएको छ ।

दमौलीबाट पोखरा जाँदै गरेको ग१ख ४०९३ नम्बरको बस र ग७प ६१ नम्बरको मोटरसाइकल मनपाङ–२ मा सोमबार साँझ एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखा छोप्राक–८ का मोटरसाइकल चालक ३४ वर्षीय पूर्णबहादुर क्षेत्री र मोटरसाइकल पछाडि बस्ने तनहुँ कोटा–३ का २९ वर्षीय ज्ञानबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका ती दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: December 25, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |