• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
» सरकारलाई सर्वोच्चद्वारा प्रहरीको बढुवा नगर्न आदेश
सरकारलाई सर्वोच्चद्वारा प्रहरीको बढुवा नगर्न आदेश

पुस १० – हालै बढुवामा परेका पाँच प्रहरी नायब महानिरीक्षकको काम कारबाही यही पुस १६ गतेसम्म अघि नबढाउन सर्वोच्च अदालतले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ ।



न्यायाधीश दामोदरप्रसाद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतका विपक्षी निकायका नाममा यस्तो आदेश जारी गर्दै ती पदाधिकारीलाई बढुवा गर्नुपर्नाका कारणसहित उपस्थित हुन पनि भनेको राससले उल्लेख गरेको छ ।

मन्त्रिपरिषद्ले यही पुस ४ गते वरिष्ठ प्रहरी उपरीक्षकहरू श्यामबहादुर खड्का, नवराज सिल्वाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारीलाई नायब प्रहरी महानिरीक्षकमा बढुवा गरेकामा खड्का बाहेकका ती पदाधिकारी आफूहरूभन्दा कनिष्ठ भएको दावीसहित निर्णय खारेजको माग गर्दै हिजो वरिष्ठ प्रहरी उपरीक्षक रविप्रताप राणा, पूर्णसिंह खड्का, मनोहरप्रसाद रिमाल, रामकुमार खनाल, ज्ञानोदराज वैद्य र ताराप्रसाद लामिछानेका तर्फबाट रिट दर्ता गराइएको थियो ।

प्रकाशित मिति: December 25, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |