• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » आत्मघाती आक्रमणमा मन्त्री सहित ८ जनाको मृत्यु (भिडियोसहित)
आत्मघाती आक्रमणमा मन्त्री सहित ८ जनाको मृत्यु (भिडियोसहित)

पाकिस्तान – आत्मघाती आक्रमणमा पाकिस्तानमा एक बरिष्ठ प्रान्तीय मन्त्री सहित ८ जनाको हत्या भएको छ ।

एक र्यालीमा भएको आत्मघाती आक्रमणमा प्रान्तिय मन्त्री बसीर बलोरसहित ८ जनाको ज्यान गएको हो ।

आत्मघाती आक्रमणमा शख्त घाइते भएका मन्त्री बलोरको उपचारको क्रममा मृत्यु भएको थियो । बशीर बलोरका साथै उनका निजी सचिव पनि मारिएका छन् । मन्त्री बोशरमाथि यसअघि पनि पटक–पटक आक्रमणको प्रयास भएको थियो ।

अवामी नेशनल पार्टीको ¥यालीमा घुसेका आत्मघाती आक्रमणकारीले आत्मघाति विस्फोट गराएको प्रहरीले जनाएको छ । आक्रमणमा २० भन्दा बढी घाइते भएका छन् । उनीहरुको रिडिङ अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

र्यालीमा रहेका अवामी पार्टीका नेता हाजी गुलाम अहमद भने बचेका छन् । हमलाको जिम्मेवारी तालिवान समूहले लिएको छ ।

प्रकाशित मिति: December 23, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |