• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » स्वाधीनताको नारामा अब तेस्रो जनआन्दोलन : विप्लव
स्वाधीनताको नारामा अब तेस्रो जनआन्दोलन : विप्लव

पुस १४ – नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले कुनै पनि सर्तमा आफ्नो पार्टीलाई विदेशी हस्तक्षेप र निर्देशन मान्य नहुने बताएका छन् ।



अब बन्ने प्रधानमन्त्रीले जनताको अधिकार र राष्ट्रिय स्वाधीनताको विषयमा प्रतिबद्धता जनाएमात्र आफ्नो पार्टीले समर्थन गर्ने विचार पनि उनले राखेका छन् ।

अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आज आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री डा बाबुराम भट्टराई हटेपछि राष्ट्रियता र जनताको अधिकारलाई हाँक्ने प्रधानमन्त्री बन्नुपर्नेमा जोड समेत दिए ।

कार्यक्रममा बोल्दै उनले स्वाधीनताको नारामा अब तेस्रो जनआन्दोलन हुने पनि बताए ।

गणतन्त्रको स्थापनापछि नेपालमा नवऔपनिवेशिक अवस्थाको सिर्जना भएको भन्दै उनले प्रत्यक्षरुपमा सेनामार्फत हस्तक्षेप नभए पनि निर्णायक विदेशी हुने भएकाले त्यसलाई रोक्न स्वाधीनताको आन्दोलन जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सहप्रवक्ता डा रोजनाथ पाण्डेले पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत नभएका पाठ्यक्रमलाई राज्यले मन्यता नदिने जनाए ।

प्रकाशित मिति: December 29, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |