• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » फेरि महिला हिंसा, जलिन् दैलेखकी चावली
फेरि महिला हिंसा, जलिन् दैलेखकी चावली

पुस १४ – देशका विभिन्न भागमा चरणवद्ध रुपमा महिला हिंसाका घटना दोहोरिरहेका बेला पुनः दैलेखमा एक महिलालाई आफ्नै श्रीमानले जिउँदै जलाएर हत्याको प्रयास गरेका छन् ।

दैलेख जिल्ला नारायण नगरपालिका ६ का कमारो सार्किले आफ्नी श्रीमती चावली सार्किलाई जिउँदै जलाएर हत्याको प्रयास गरेका हुन् ।

श्रीमानको उक्र क्रियाकलापबाट चावली घाइते भएकी छन् । घाइते भएकी चावलीलाई तत्कालै जिल्ला अस्पताल दैलेख पुर्याएर उपचार गरिरहेको बताइएको छ ।

शिवा हासमी, विन्दुकुमारी ठाकुर हुँदै आज चावलीलाई जिउँदै जलाइएको हो ।

छिमेकी मुलुक भारतमा पनि केही दिनअघि सामूहिक बलात्कारको शिकार भएकी दामीनीको आजै सिंगापुरमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

भारतमा भने उक्त घटनाले सनसनी मच्चाए पनि नेपालमा भने पटक पटक महिला हिंसा दोहोरिरहँदा पनि सरकारले जति उत्सुकता देखाएर दोषीलाई कारबाही गर्नु पर्ने हो त्यो हुन सकेको छैन ।

प्रकाशित मिति: December 29, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |