• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » राष्ट्रपति स्वदेश फर्कदा राजतन्त्रकै झझल्को
राष्ट्रपति स्वदेश फर्कदा राजतन्त्रकै झझल्को

पुस १४ – पाँच दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी राष्ट्रपति डा.रामवरण यादव शनिबार दिउँसो इन्डियन एयरलाइन्सबाट स्वदेश फर्किएका छन् ।


उनी अन्तर्राष्ट्रिय विमानस्थलबाट शितल निवास आउँदा उनी सवारी हुने बाटोमा भने कफ्र्यू लगाइए झैँ अवरुद्ध गरिएको थियो ।

राष्ट्रपति आउँदा त्यसरी बाटो अवरुद्ध हुँदा सर्वसाधरणले भने घण्टौँ घण्टा जाममा बस्न बाध्य भएका थिए । ती रुटहरुमा भाडाका सवारी समेत चल्न प्रतिबन्ध लगाईएपछि सर्वसाधरणले राजतन्त्रकै झझल्को आएको समेत भन्दै गरेको भेटिएको थियो ।

उता, भारत भ्रमणका क्रममा राष्ट्रपति यादवले भारतीय समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री डा.मनमोहन सिंह, कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री, गृहमन्त्री लगायतका नेतासँग भेटवार्ता गरेका थिए ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणमा भारत भ्रमण गएका राष्ट्रपति यादव स्वदेश फर्किएका हुन् ।

यादव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झर्नु एक घन्टा अघिदेखि विमानस्थल आसपासका क्षेत्रमा अघोषित कफ्र्यू झैँ देखिएको थियो ।

राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा प्रधानमन्त्री डा.बाबुराम भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायत विभिन्न सुरक्षा उच्च अधिकारी लगायतको सुरक्षाका लागि भन्दै विमानस्थल आसपासका सडकमा सर्वसाधारणलाई सवारी चलाउँन रोक लगाइएको थियो ।

राष्ट्रपति यादव छोरी अनिता सहित सिंचाइमन्त्री महेन्द्र यादव, सल्लाहकारद्वय राजेन्द्र दाहाल, हरि शर्मा, स्वकीय सचिव ललित बस्नेत, परराष्ट्रसचिव दुर्गाप्रसाद भट्टराई लगायत २३ जनाको टोली पाँच दिन अघि भारत भ्रमणमा गएको थियो ।

राष्ट्रपतिको सवारी सुरक्षाका नाममा दिउँसो दुई बजेदेखि ४ बजेसम्म राजधानीको सडकमा सवारी अस्तव्यस्त देखिए भने ट्राफिक प्रहरीलाई समेत सवारी साधनलाई नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।

ट्राफिक प्रहरीले सुरक्षाका नाममा चक्रपथका गाडीलाई गौशाला र कोटेश्वरमै रोकेको थियो भने विमानस्थलबाट शीतल निवाससम्म पुग्ने रुटमा आवत जावत गर्न सर्वसाधारण समेत राष्ट्रपतिको सवारीको मारमा परेका थिए ।

प्रकाशित मिति: December 29, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |