बोलिरहेकै बेला हृदयघातले ढले कांग्रेस नेता
पुस १४ – नेपाली कांग्रेसका नेता चक्र प्रसाद बाँस्तोलालाई हृदयघात भएको छ ।
विराटनगरमा आज आयोजित एक कार्यक्रममा बोलिरहेकै अवस्थामा नेता बाँस्तोला बेहोस भएका थिए । त्यसपछि तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका उनलाई अहिले भारतको सिलिगुढी लगिएको छ ।
धरानमा उनको उपचारमा खटिएका चिकित्सकले उनलाई मुटु र मस्तिष्कमा समस्या देखिएको बताएका छन् । चिकित्सकहरुको सुझाव अनुसार नै उनलाई थप उपचारका लागि सिलिगुढी लगिएको हो ।
धरानका चिकित्सकले बाँस्तोलालाई काठमाडौँ अथवा अन्य कुनै ठाउँ उपचारका लागि लैजान सुझाव दिएका थिए ।
उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउनु भन्दा पनि एम्बुलेन्सबाट भारत लैजाँदा ठिक हुने काठमाडौँका चिकित्सकले सुझाव दिएपछि उनलाई भारततर्फ उपचारका लागि लगिएको हो ।
प्रकाशित मिति:
December 29, 2012
