• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » पूर्व राजा वीरेन्द्रका तस्वीर प्रदर्शन
पूर्व राजा वीरेन्द्रका तस्वीर प्रदर्शन

पुस १२ – पूर्व शाही चिकित्सक डा खगेन्द्रबहादुर श्रेष्ठद्वारा सङ्कलित तत्कालीन राजा वीरेन्द्रका तस्विरहरुलाई प्रदर्शनीमा राखिएको छ ।


खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले पूर्व राजा वीरेन्द्रको ६८ औँ जन्मजयन्तीको अवसरमा बबरमहलस्थित नेपाल कला परिषद्मा प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनी पुस २२ गतेसम्म चालु रहने छ ।

सँस्कृतिविद् सत्यमोहन जोशीले प्रदर्शनीको उद्घाटन गर्दै पूर्व राजा विरेन्द्रले स्वदेशमा तथा विदेशमा गरेका भ्रमण मुलुकको समुन्नतिका लागि महत्वपूर्ण रहेको र त्यसलाई सार्वजनिक गरी डा श्रेष्ठले सम्पूर्ण नेपालीमाझ पु¥याएर सराहनीय काम गरेको बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धरले नेपाली भाषा, साहित्य तथा कलाको विकासका लागि सदैव चिन्तित रहने पूर्व राजासम्बन्धी तस्विर प्रदर्शनीले पनि नेपाली कलाकारिताको क्षेत्रलाई फराकिलो बनाउने विश्वास व्यक्त गरे ।

फाउन्डेसनका अध्यक्ष डा खगेन्द्रबहादुर श्रेष्ठले आफूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पूर्व राजासँग गरेका विभिन्न भ्रमणका क्रममा सङ्कलन गरेका तस्विरहरुलाई प्रदर्शनमा राखेको बताए ।

‘स्वर्गीय श्री ५ वीरेन्द्रको सम्झनामा ....मेरा तस्विरहरूमा’ नाम दिइएको उक्त प्रदर्शनीमा विसं २०२२ देखि २०५८ सम्म खिचिएका १६६ वटा तस्विर राखिएका छन् ।

प्रकाशित मिति: December 27, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |