• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » प्रहरी नायब महानिरीक्षकमा ५ जना को–को बढुवा भए त ?
प्रहरी नायब महानिरीक्षकमा ५ जना को–को बढुवा भए त ?

पुस ४ – मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीका पाँच वरिष्ठ प्रहरी उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ ।


बैठकले बढुवा भएका नायब महानिरीक्षकहरु श्यामबहादुर थापालाई राष्ट्रिय सुरक्षा निर्देशनालय, जयबहादुर चन्द सुरक्षा सेवा निर्देशनालय, नवराज सिलवाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, बमबहादुर भण्डारी सशस्त्र प्रहरी निर्देशनालय र प्रकाश अर्याललाई अपराध अनुसन्धान ब्युरोमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

बैठकले कायममुकाम सचिव राजुमानसिंह मल्ललाई सचिवमा बढुवा गरी प्रधानमन्त्री कार्यालयमा पदस्थापन गर्ने, महोत्तरीको गौशालामा एकीकृत सेवा केन्द्र स्थापना गर्ने, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई कर, भन्सार छुट तथा अनुदान दिने गरी ८५ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

सामाजिक व्यवस्थापन अभिवृद्धि कार्यक्रमका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने रु दुई अर्ब ४३ करोड अनुदान लिन स्वीकृति दिने, मुक्तकमैया पुनःस्थापना समस्या समाधान आयोग आदेश २०६९ मा भएको संशोधन स्वीकृत गर्ने निर्णय गरेको सरकार प्रवक्ता राजकिशोर यादवले बताए ।

प्रकाशित मिति: December 19, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |