• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » एक हजार पाँच सय वर्ष पुरानो सिक्का फेला
एक हजार पाँच सय वर्ष पुरानो सिक्का फेला

पुस ९ – अहिलेका मानिससँग कति पुराना पैसा भेटिएला ? पाँच सय वर्ष, हजार वर्ष वा त्योभन्दा पनि पुरानो ?


च्याल्सास्थित एक व्यक्तिको घरमा यत्ति पुराना सिक्का भेटिएका छन् कि जुन सिक्का मुद्रण गरिएको मात्र एक हजार पाँच सय ५२ वर्ष पुरानो भइसकेको छ । ‘रामलक्ष्मण जनक हनमनक’ लेखिएको चालीस पैसाको सो सिक्का पाँच सय १७ सालमा मुद्रण गरिएको उल्लेख छ ।

सिक्का कुन राजाको पालामा मुद्रण गरिएको हो भत्रे उल्लेख छैन । सिक्काको अघिल्लो भागमा ‘रामलक्ष्मण जनक हनमनक, ५ सय १७ र चालीस पैसा’ मात्र अङ्कित छ । सिक्काको पछिल्तिरको भागमा भने जोडी देवीको आकृति छ ।

पुरानो सिक्का मूल्यावान् हुन्छ र भारी रुपैयाँमा साटासाट हुन्छ भत्रे सुनेकाले आफूले जोगाएर राखेको सिक्काका धनी नाम्ग्याल छ्युटिन शेर्पाले बताए ।

“केही वर्ष पहिलेको कुरा हो, पुराना सिक्का खोज्ने व्यापारी आयो रे भत्रे सुनें, धेरै पैसामा साटासाट हुन्छ भत्रे सुनेपछि मैले साथीबाट पैसा तिरेरै ल्याएको हुँ” उनले भने । सटही गर्नका लागि सिक्का सङ्कलन गरिएको भए पनि सिक्का खोज्ने व्यापारीसँग भने भेट नभएका कारण साट्न नपाइएको उनले जानकारी दिए । रासस

प्रकाशित मिति: December 24, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |