चीनमा एप्पल कम्पनीलाई सजाय
बेइजिङ – विश्वको एक प्रसिद्ध प्राविधिक कम्पनी एप्पललाई चिनियाँ अदालतले कपि राइटको हनन् गरेकोसम्बन्धी कानुनमा शुक्रबार जरिबाना गराएको छ ।
सो कम्पनीले चीनका आठजना लेखकका कृतिलाई उनीहरूको अनुमति बिना नै आफ्नो वेबसाइटमा राखेको भन्दै उनीहरूलाई क्षतिपूर्ति भराउने आदेश गरेको हो ।
आठजना चिनियाँ लेखक तथा अका दुई चिनियाँ कम्पनीलाई सो एप्पल कम्पनीले करिब एक लाख ६६ हजार अमेरिकी डलर बराबरको क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
ती लेखक एवम् कम्पनीको उजुरीका आधारमा गरिएको अनुसन्धानबमोजिम चीनको राजधानी बेइजिङस्थित प्रारम्भिक अदालतले आज सो आदेश दिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । एजेन्सी
प्रकाशित मिति:
December 29, 2012
