• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » आगोमा ज्यान गुमाएका परिवारलाई १० लाख, सहिद घोषणा पनि
आगोमा ज्यान गुमाएका परिवारलाई १० लाख, सहिद घोषणा पनि

पुष ६ – मङ्सिर २६ गते आगलागीमा परी घाइते भएका तनहुँ व्यास–११ निवासी २९ वर्षीय भरतसिं थापाको मृत्यु भएपछि मृतकका परिवारलाई रु १०–१० लाख र मृतकलाई सहिद घोषणा गरिने सहमति भएको छ ।

दमौलीस्थित बिपी वनवाटिकामा आयोजित आगोको सुरुङभित्रबाट मोटरसाइकल गुडाएर विश्व कीर्तिमान राख्ने कार्यमा सहयोगीको भूमिका निर्वाह गरेका थापाको बिहीबार राति मृत्यु भएपछि मृतकको शव जिल्ला प्रशासन कार्यालय अगाडि राखेर धर्ना दिइएपछि सहमतिका लागि वार्ता भएको थियो ।

वार्तापछि पत्रकारसँग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय प्रमुख देवबहादुर बोहराले दुवै जनाले एकै घटनमा ज्यान गुमाउन पुगेकाले अघिल्लो बैठकमा भएकै सहमतिमा वार्ता टुङ्गिएको जानकारी दिए ।

सोही घटनामा परी व्यास–१ भादगाउँका २८ वर्षीय सुरेश पन्थको गत मङ्सिर २८ गते काठमाडौँ वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति: December 21, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |