• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » कोरियामा ४१ जना नेपालीको मृत्‍यु भएको खुलासा
कोरियामा ४१ जना नेपालीको मृत्‍यु भएको खुलासा

सन्जिव राजभाट, सौल – दक्षिण कोरियामा हाल सम्म बिविध कारणले मृत्‍यु हुने नेपालीको सङ्ख्या ४१ जना पुगेको खुलेको छ ।


सौल स्थित नेपाली दूतावासको अनुसार दुर्घटना, आत्महत्या र अन्य विविध कारणले ती नेपालीको मृत्‍यु भएको तथ्याङ्क सौल स्थित नेपाली दूतावासले गठन गरेको अधिकार सम्पन्न अध्यन कमिटीको प्रारम्भिक अध्ययनबाट खुलेको हो ।

कोरियामा नेपालीहरुको मृत्‍युको सङ्ख्या बढ्न थाले पछि पहिलो चोटी नेपाल सरकारको तर्फबाट सौल स्थित नेपाली दूतावासले गत सेप्टेम्बर २४ तारिखमा प्रख्यात तथा अन्तर्राष्ट्रिय जगतामा प्रतिनिधित्व गरिसकेका कोरियाली कानुनबिज्ञ सेउन की पार्कको संयोजकत्वमा डा. देवी बहादुर बस्नेत, पार्क बोकी, कृष्ण राई र नेपाल पत्रकार महासंघको तर्फबाट अशोक मैनाली सहित ५ सदस्यीय कमिटी गठन गरेको थियो ।

उक्त कमिटीका सदस्य डा. देवी बहादुर बस्नेतका अनुसार मृत्‍युका कारणको गहिराईमा पुगेर अध्यन भैइरहेरको छ । उनले भने हामीहरू मुख्यत यहाँ मृत्‍यु भएका नेपालीहरुका सबै कारणको गहिराईमा पुगेर अध्यन गरिरहेका छौं, अब छिट्टै सबै कुरा सार्वजनिक गर्छौ । उनले थपे मृत्‍युका कारणहरुका बारेमा सबै अध्ययन गर्नु परेकोले धेरै समय लागीरहेको छ किनभने यहि अध्यनलाई आधार बनाएर नेपाल सरकारले निति बनाउने भएकोले यो जरुरी छ ।

उता सौल स्थित नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले आफूहरू पनी कमिटीको प्रतिवेदन कुरेर बसेको बताएका छन् । उनले आफूहरू नेपालीहरुका समस्या समाधानमा योजनावद्द रुपमा लागीरहेको भन्दै कतिपयले सस्ता लोकप्रिताको लागि आफूहरूको बद्नाम गरेको भन्दै दुखेसो पोखेका छन् ।

हाल सम्म करिव २० हजारको हाराहारीमा रहेका नेपालीहरू मध्य अधिकांशले विविध समस्याको सामना गरिरहेका छन् ।

प्रकाशित मिति: December 21, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • पोर्नस्टार पनि भगवानको शरणमा
गृह पृष्ठ |