• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » क्यासियरकै डिजाइनमा बैंक लुटिएको खुलासा
क्यासियरकै डिजाइनमा बैंक लुटिएको खुलासा

पुष १० – बैंक अफ काठमाडौँको लुटपाट बैंककै क्यासियरको योजनामा भएको खुलासा भएको छ ।

दाङको तुलसीपुरस्थित बैंक अफ काठमाडौँमा शुक्रबार भएको लुटपाट क्यासियरकै डिजाइनमा भएको पुष्टि भएको हो । गत शुक्रबार बैंकबाट २ करोड ६ लाख ३३ हजार ८ सय ४४ रुपैयाँ लुटपाट भएको थियो ।

बैंकको लुटपाटमा तीन जना डाका सहभागि भएको र सबै कर्मचारीलाई बाँधेर रकम लुटेको सार्वजनिक भए पनि प्रहरीले कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको अनुसन्धानले बैंककै क्यासियर खगेन्द्र बस्नेतको योजनामा बैंकमा लुटपाट भएको रहस्य सार्वजनिक भएको हो ।

क्यासियर बस्नेतले आफ्नो योजनालाई सफल पार्न काठमाडौँबाट तीन जना डाकालाई बोलाएर बैंक लुट्न लगाएको प्रहरीसँगको बयानमा स्वीकार गरेका छन् । क्यासियर बस्नेतले काठमाडौबाट दाङ बोलाएको ३ जना लुटेरालाई २५ लाख रुपयाँ दिने सर्त गरेको समेत खुलासा भएको छ ।

क्यासियर बस्नेतले आफू कार्यरत बैंकको चल ८५ लाख रुपैयाँ हिनामिना भएकाले उक्त समस्या समाधानका लागि बैंक लुटिएको नाटक गर्नुपरेको प्रहरीलाई बताएका छन् । दाङ जिल्ला प्रहरी प्रमुख लोकेन्द्र मल्लले बताए अनुसार बैंकबाट शुक्रबार २ करोड ६ लाख बराबरको रकम नलुटिएको तर क्यासियरले पुरानो हिसाब मिलाउँनका लागि ठूलो रहम लुटिएको बाहाना बनाएको बताएका छन् ।

प्रहरीले बैंक लुटपाटको विषयमा अनुसन्धान भइरहेको बताउँदै सबै सूचना सार्वजनिक गर्न नमिल्ने जानकारी दिएका छन् । प्रहरीले बस्नेतको साथबाट ९ लाख ९० हजारको चेक भने बराबद गरेको बताएको छ ।

प्रकाशित मिति: December 25, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |