• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
World » फिलिपिन्समा कम्युनिस्ट विद्रोही नेता पक्राउ
फिलिपिन्समा कम्युनिस्ट विद्रोही नेता पक्राउ

पुष १० – फिलिपिन्सका प्रमुख कम्युनिस्ट नेता फाइलमोन मेन्ड्रेजलाई मङ्गलबार पक्राउ गरिएको छ ।

यसअघि यी व्यक्तिलाई पक्राउ गर्नेलाई एक लाख २८ हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा सरकारले गरेको बताइएकोमा पक्राउ परेको त्यहाँको सैनिकले जनाएको छ ।

फिलिपिन्समा मेन्ड्रेज सबैभन्दा खोजिएका छैठौ व्यक्ति रहेका थिए र हाल सरकार तथा विद्रोहीबीच उच्चस्तरीय वार्ता भइरहेको समयमा उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हाल उक्त मुलुकमा क्रिसमसको अवसरमा युद्धविराम भए पनि मेन्ड्रेजलाई पक्राउ गरिएको हो ।

न्यु पिपुल्स आर्मी (एनपीए)का नेता मेन्ड्रेजलाई हिरासतमा राखिने र अदालती कारवाही चलाइने जानकारी सेनाले दिएको छ । उनीमाथि लगाइने फौजदारी अभियोगको विषयमा जानकारी दिइएको छैन ।

यसअघि गृहमन्त्रालयले मेन्ड्रेजलाई पक्राउ गर्ने व्यक्तिलाई ५२ लाख ५० हजार पेसो पुरस्कार दिने घोषणा समेत गरेको थियो ।

प्रकाशित मिति: December 25, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |