• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » राष्ट्रपति डा. यादव ‘डक्टर अफ ल’ उपाधीबाट भारतमा सम्मानित
राष्ट्रपति डा. यादव ‘डक्टर अफ ल’ उपाधीबाट भारतमा सम्मानित

पुस १० – राष्ट्रपति डा रामवरण यादवलाई बनारस हिन्दू विश्वविद्यालय (बिएचयु)ले ‘डक्टर अफ ल’को मानार्थ उपाधि प्रदान गरेको छ ।


राष्ट्रपति यादवलाई बनारसस्थित उक्त विश्वविद्यालयमा आज आयोजित विशेष समारोहमा बिएचयुका कुलाधिपति करण सिंहले उक्त उपाधि प्रदान गरेका हुन् ।

उपाधि ग्रहणपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राष्ट्रपति डा यादवले आफूलाई दिइएको उक्त उपाधिबाट नेपाल र नेपालीको सम्मान एवम् गौरव बढेको बताएको राससमा उल्लेख छ । उनले आफूलाई गरिएको सम्मानबाट शताब्दीऔंँदेखिको नेपाल– भारतबीचको प्रगाढ सम्बन्धमा नयाँ आयाम थपिएको पनि धारणा व्यक्त गरेका छन् ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बनारस नेपाल र भारतका विद्वान्को सङ्गमस्थल भएको उल्लेख गर्दै धेरै नेपालीले बनारसमा अध्ययन गरेको स्मरण पनि गरे ।

राष्ट्रपति डा यादव आजै बनारसबाट नयाँदिल्लीतर्फ प्रस्थान गरेका छन् ।

प्रकाशित मिति: December 25, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |